• २०८३ जेष्ठ १ गते शुक्रवार

कांग्रेस सभापति थापा र सुदूरपश्चिमका मुख्यमन्त्री शाहबीच भेटवार्ता

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

जेठ १, काठमाडौं । नेपाली काँग्रेसका सभापति गगन थापासँग सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहले भेटवार्ता गरेका छन् । शुक्रबार पार्टी मुख्यालय सानेपामा भएको भेटवार्तामा समसामयिक राजनीतिक विषय, प्रदेश विकास, संगठन सुदृढीकरण तथा जनचासोका विषयमा सकारात्मक छलफल भएको बताइएको छ ।

बैठकमा प्रदेश सरकारको काम प्रभावकारी बनाउनुपर्ने विषयमा चर्चा भएको छ । सभापति थापाले काँग्रेसको नेतृत्वमा रहेका प्रदेश र स्थानीय तहसँग बजेट अघि छलफल गर्ने र काँग्रेसको भिजन अनुसार काम गर्नुपर्ने बताउदै आएका छन् ।

Sharing

प्रतिक्रिया दिनुहोस