• २०८३ जेष्ठ ३ गते आइतवार

नेपालले वेस्ट इन्डिजलाई दियो १३४ रनको लक्ष्य

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

फागुन ३, काठमाडौं । नेपालले वेस्ट इन्डिजलाई १३४ रनको लक्ष्य दिएको छ । टस हारेर पहिला ब्याटिंग गरेको नेपालले २० ओभरमा ८ विकेट गुमाएर १३३ रन बनाएको हो । नेपालका लागि दिपेन्द्र सिंह ऐरीले शानदार अर्धशतकीय पारी खेल्दै नेपाललाई सम्मानजनक अवस्थामा पुर्याएका थिए । दिपेन्द्र विश्वकपमा अर्धशतक बनाउने दोस्रो नेपाली खेलाडी बनेका छन् । ऐरीले ४७ बलमा ५८ रन बनाएका थिए ।

त्यस्तै सोमपाल कामीले अविजित २६ रन बनाए भने लोकेश बमले १३, गुलशन झा र आसिफ सेखले ११- ११ रन बनाएका थिए । त्यस्तै कुशल भुर्तेलले १, कप्तान रोहित पौडेलले ५, आरिफ सेखले २ रन बनाएका थिए । त्यसैगरी वेस्ट इन्डिजका बलर जासन होल्डरले ४ विकेट लिए भने अकील हुसैन, माथ्युज फोर्ड, शामर होल्डर र रोस्टन चेजले एक एक विकेट लिएका थिए ।

Sharing

प्रतिक्रिया दिनुहोस