• २०८३ बैशाख २३ गते बुधवार

विश्वकप छनौट: इटाली विजयी, कोसोभोसँग हार्यो स्विडेन

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

भदौ २४, काठमाडौं । फिफा विश्वकपको युरोप छनौट अन्तर्गत इटालीले इजरायललाई पराजित गरेको छ भने स्विडेन कोसोभोसँग हारेको छ । गएराती सम्पन्न खेलमा इटालीले इजरायललाई ५-४ गोल अन्तरले पराजित गरेको हो । इटालीको जितमा मोइज कीन, माटेओपोलिटानो, गियाकोमो रासपानडोरी र सान्द्रो टोनालीले एक एक गोल गरेका थिए ।

त्यस्तै इजरायलका लागि डोर पेरेजले २ गोल गरेका थिए भने इटालीका मानुएल लोकाटेली र अलेसान्द्रो बासटोनीले एक एक गोल गरेका थिए ।

यो जितपछि समुह आइ मा रहेको इटालीको ४ खेलमा ९ अंक भएको छ र हाल समुहमा दोस्रो स्थानमा छ । त्यस्तै इजरायलको ५ खेलमा ९ अंक रहेको छ र हाल समुहमा तेस्रो स्थानमा रहेको छ ।

त्यस्तै समुह बी मा रहेको स्विडेन कोसोभोसँग २-० गोल अन्तरले पराजित भएको छ । कोसोभोको जितमा एल्भिस रेक्स बेकाज र भेडाट मुरिकीले एक एक गोल गरेका थिए ।

यो जितपछि कोसोभोको २ खेलमा ३ अंक भएको छ र अंक तालिकामा दोस्रो स्थानमा रहेको छ । त्यसैगरी स्विडेनको २ खेलमा एक अंक रहेको छ र समुहमा तेस्रो स्थानमा छ ।

Sharing

प्रतिक्रिया दिनुहोस