• २०८३ जेष्ठ १६ गते शनिवार

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीद्वारा माघे संक्रान्ति एवं माघी पर्वको शुभकामना

खबर२४ नेपाल पढ्न लाग्ने समय : २ मिनेट

माघ १, काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले माघे संक्रान्ति एवं माघी पर्व, २०८२ का अवसरमा आज शुभकामना व्यक्त गर्नुभएको छ । माघी पर्वले प्रकृति, संस्कृति र परम्पराको संरक्षण गर्दै सभ्य, सुसंस्कृत, विकसित र समतामूलक समाज निर्माणमा सबैलाई प्रेरणा प्रदान गरोस् भन्दै उहाँले शुभकामना व्यक्त गर्नुभएको हो ।

पूर्वराष्ट्रपति भण्डारीले भन्नुभएको छ, “नेपालका विभिन्न समुदायहरूले आ-आफ्नो संस्कार, संस्कृति र परम्पराअनुसार हर्षोल्लासका साथ मनाउँदै आएका छन् । यस अवसरमा पवित्र नदीमा मकर स्नान गर्ने, पूजा–आराधना गर्ने तथा तरुल, सेलरोटी, तिलको लड्डु, घीउ–चाकुजस्ता परिकार ग्रहण गर्ने परम्परा रहेको छ । थारु समुदायमा माघीलाई नयाँ वर्ष तथा विशेष पर्वका रूपमा मनाइन्छ ।

माघे संक्रान्ति एवम् माघी पर्वले प्रकृति, संस्कृति र परम्पराको संरक्षण गर्दै सभ्य, सुसंस्कृत, विकसित र समतामूलक समाज निर्माणका लागि सबैलाई प्रेरणा प्रदान गरोस् भन्ने कामना गर्दछु ।”

माघे संक्रान्ति वा मकर संक्रान्ति पर्वलाई नेपालका विभिन्न जातजातिले आ-आफ्नै ढंगले हर्षोल्लासपूर्वक मनाउने गर्छन् । विशेष गरी थारू समुदायले माघी पर्वलाई नयाँ वर्षका रूपमा मनाउँछन् । यस्तै घ्यू, चाकु, तरुल, तिलको लड्डु, सेलरोटी, ढिक्री र खिचडीजस्ता परिकारहरू खाई परिवारसँग रमाइलो गर्ने प्रचलन रहिआएको छ ।

आजको दिन बराहक्षेत्र, देवघाट, रिडीक्षेत्रलगायत देशका विभिन्न पवित्र नदी एवम् त्रिवेणीहरूमा स्नान गरी मन्दिरमा पूजाअर्चना गर्ने परम्परा पनि रहिआएको छ ।

May be an image of text that says 'Bidya Devi Bhandari 1h C माघे संक्रान्ति तथा माघी पर्वको अवसरमा स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपाली दिदीबाहिनी तथा दाजुभाइहरूमा हार्दिक शुभकामना व्यक्त गर्दकु माघे संक्रान्ति पर्व नेपालका विभित्न समुदायहरूले आ-आप्नो संस्कार, संस्कृतिर र परम्पराअनुसार हर्षोल्लासका साथ मनाउदे आएका छन यस अवसरमा पवित्र नदीमा मकर सान गन, पूजा-आराधना ग्ने तथा तरुल, सेलरोटी, तिलको लड़डू. घीउ-चाकुजस्ता परिकार ग्रहण गनें परम्परा रहेको छ थारु समुदायमा माघीलाई नर्योँ वर्ष तथा विशेष पर्वका रूपमा मनाइन्छ I माघे संक्रान्ति एवम माघी पर्वले प्रकृति, संस्कृति परम्पराको संरक्षण गर्द सभ्य, सुसंस्कृत, विकसित समतामूलक समाज निर्माणका लागि सबैलाई प्रेरणा प्रदान गरोस भत्रे कामना गर्दु'

Sharing

प्रतिक्रिया दिनुहोस