• २०८३ भाद्र २९ गते सोमवार

आज हिन्दु नारीहरुको महान पर्व हरितालिका तीज

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

भदौ २९, काठमाडौं । आज हिन्दु नारीहरुको महान पर्व हरितालिका तीज अटल सौभाग्यको कामना गरी मनाइँदैछ । भाद्र शुक्ल तृतीयाका दिन मनाइने यस पर्वमा विवाहित तथा अविवाहित महिलाहरूले व्रत बसेर भगवान् शिव र पार्वतीको पूजा–आराधना गर्ने परम्परा छ।

विवाहित महिलाहरुले श्रीमानको दीर्घायुको कामना गर्दै तीजको ब्रत बसी मनाउने प्रचलन छ । अविवाहित युवा युवतीले गुण सम्पन्न वर वा वधु पाउने शास्त्रीय मान्यतामा तीजको ब्रत बस्ने प्रचलन रहेको छ । भाद्र शुक्ल तृतीयाका दिनमा मनाइने हरितालिका तीज पर्वमा देवाधिदेव महादेवको पूजा आराधना गरिन्छ ।

भाद्र शुक्ल तृतीयामा व्रत बसी शिव पार्वतीको पूजा, उपासना गरेमा पारिवारिक सुख, शान्ति र कल्याणको प्राप्ति हुने धार्मिक विश्वास छ ।

May be an image of text that says 'ताजा को शुभकामना भकामना हरितालिका A २०८३ අශ नेपाली नारीहरूको महान चाड हरितालिका तीज २०८3 को पावन अवसरमा देश विदेशमा रहनुभएका सम्पूर्ण नेपाली नारीहरूमा सुस्वास्श्‍य दीर्घायु एवम उत्तरोचर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछी khabari Khabar24 24 NEPALE YN う円 turg ट्वान्टीफोर नेपाल मिडिया प्रा. लि www.khabar24nepal.com Media PVL -epaΙ 24 LE Sripel Estd:2019'

Sharing

प्रतिक्रिया दिनुहोस