• २०८३ बैशाख ५ गते शनिवार

राष्ट्रिय सभा सांसद बलदेव बोहराको निधन

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

पौष ३०, काठमाडौं । राष्ट्रिय सभा सदस्य बलदेव बोहराको निधन भएको छ । राष्ट्रिय सभामा काँग्रेसबाट निर्वाचित बोहराको काठमाडौँ मेडिकल कलेज सिनामंगलमा उपचारको क्रममा बुधबार दिउँसो निधन भएको हो ।

कञ्चनपुर काँग्रेसको संस्थापक नेता बोहरा प्रजातन्त्र स्थापना पश्चात् २०४८ सालमा जिल्ला विकास समिति कञ्चनपुरको सभापति भएर काम गरेका थिए । उनी २०५८ सालमा तत्कालीन प्रधानमन्त्री शेर बहादुर देउवाको राजनीतिक सल्लाहकार पनि बनेका थिए ।

त्यसपछि २०७० सालमा संविधान सभा सदस्य भएर उनले संसवधान निर्माणमा समेत भूमिका खेलेका थिए ।

Sharing

प्रतिक्रिया दिनुहोस