जेठ २९, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद डा. अमरेशकुमार सिंहले राष्ट्रिय सदाचार नीति लागु गर्न सरकारलाई सुझाव दिएका छन् । शुक्रबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद सिंहले सरकारले साच्चै सुशासन कायम गर्न चाहेको हो भने राष्ट्रिय सदाचार नीति २०७४ लाई आँट गरेर लागू गर्न सुझाव दिएका हुन् ।

साथै उनले सरकारी, सार्वजनिक र गुठीको जग्गाको प्रतिवेदन कार्यान्वयन गर्न समेत सुझाव दिएका छन् । उनले सो प्रतिवेदन राजनीतिक दलका नेता र तिनका मतियारले कब्जा गरेका कारण हाल मन्त्रालयमै रहेको र प्रतिवेदन सार्वजनिक नगरिएको समेत बताए ।