असोज २५, काठमाडौं । बुढीगण्डकी नदीमा आइतबार बिहानदेखि लेदोसहितको ठुलो बाढी आइरहेकाले त्रिशूली दोभानसम्म नदी आसपासका क्षेत्रमा सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ ।

महाशाखाले आइतबार बिहान ६ः४० बजेतिर सूचना जारी गर्दै गोरखाको चुमनुब्री गाउँपालिका–६ बाट बुढीगण्डकी नदीमा ठुलो बाढी आइरहेको जनाएको हो ।
बाढीको बहाव पास नहुँदासम्म त्रिशूली दोभानसम्म नदीको छेउछाउ नजान र सुरक्षित उच्च स्थानमा बस्न महाशाखाले आग्रह गरेको छ ।
नदी आसपासका बासिन्दा तथा यात्रुहरूलाई सम्भावित जोखिमबाट बच्न सतर्कता अपनाउनसमेत अनुरोध गरिएको छ ।