• २०८३ जेष्ठ २१ गते बिहिवार

हत्या गरेको अभियोगमा धरानबाट पक्राउ

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

वैशाख २८, सुनसरी । धरान उपमहानगरपालिका-१० बेलगाछी बस्ने २७ वर्षीय जिवन भुजेलको हत्या गरेको अभियोगमा सोही उपमहानगरपालिका-१९ खिम्दिङ पुल चोक बस्ने २७ वर्षीय जिमी भन्ने अर्जुन विश्वकर्मालाई प्रहरीले पक्राउ गरेको छ ।

अर्जुनले धारिलो हतियार छुरा प्रहार गर्दा जिवन गम्भीर घाइते भएका भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । गम्भीर घाइते भएका जिवनको विराट नर्सिङ होम विराटनगरमा थप उपचारको क्रममा मृत्यु भएको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस