• २०८३ बैशाख २८ गते सोमवार

काँग्रेस सांसदले बहिष्कार गरे राज्य व्यवस्था तथा सुशासन समितिको बैठक

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

वैशाख २८, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले राज्य व्यवस्था तथा सुशासन समितिको बैठक बहिष्कार गरेको छ । काँग्रेसले गृह मन्त्रालयको समेत जिम्मेवारी सम्हालिरहेका प्रधानमन्त्री बालेनसँग सुकुमवासी बस्ती खाली गराइएको, सुरक्षा प्रशासन लगायतका विषयमा जवाफ दिन समितिको बैठकमा नआएको भन्दै कांग्रेसले बैठक बहिष्कार गरेको हो ।

सोमबार बिहान ११ बजेका लागि बोलाइएको बैठक कांग्रेसबाट प्रतिनिधित्व गर्ने संसदीय दलका नेता भीष्मराज आङ्देम्बे, सचेतक निश्कल राई, तथा सांसदहरू अर्जुननरसिंह केसी र रेखाकुमारी यादवले बहिष्कार गरेका थिए । समितिका सभापति हरि ढकाललाई प्रधानमन्त्री बालेन शाहलाई समितिमा उपस्थित गराउन काँग्रेसले आग्रह गरेको बताएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस