• २०८३ बैशाख २८ गते सोमवार

संघीय संसदका दुवै सदनको संयुक्त बैठकमा बस्दै, राष्ट्रपतिले सम्बोधन गर्ने

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

वैशाख २८, काठमाडौं । आज संघीय संसदका दुवै सदनको संयुक्त बैठक बस्दैछ । संसद सचिवालयका अनुसार आज दिउसो ४ बजे प्रतिनिधि सभा र राष्ट्रिय सभाको संयुक्त बैठक बस्दैछ ।

बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले सम्बोधन गर्ने कार्यसूची रहेको छ । राष्ट्रपति पौडेलले संबिधानको धारा ९५ बमोजिम संघीय संसदको दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्न लागेका हुन् ।

संसद सचिवालयले दुवै सदनका सांसदहरुलाई दिनको ३: ४५ बजेनै बैठक कक्षमा उपस्थित हुन आग्रह गरेको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस