• २०८३ जेष्ठ ६ गते बुधवार

जबरजस्ती करणी गरेको अभियोगमा कैलालीबाट पक्राउ

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

चैत २८, कैलाली । २८ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा कैलारी गाउँपालिका-३ हसुलिया बस्ने २३ वर्षीय सनि चौधरीलाई प्रहरीले पक्राउ गरेको छ ।

सनिले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस