• २०८३ जेष्ठ १७ गते आइतवार

होर्मुज जलडमरूमध्यमा थाइल्याण्डको कार्गो जहाजमाथि आक्रमण

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

फागुन २७, काठमाडौं । मध्यपूर्वमा जारी युद्धका बीच होर्मुज जलडमरूमध्यमा थाइल्याण्डको एक कार्गो जहाजमाथि आक्रमण भएको छ । ओमान नजिकै यात्रा गरिरहेको उक्त जहाजलाई प्रोजेक्टाइल प्रहार गरी निशाना बनाइएको बताइएको छ । आक्रमणपछि थाइल्याण्डको नौसेनाले उद्धार अभियान सुरु गरेको जनाएको छ ।

अधिकारीहरूका अनुसार थाइल्याण्डको झण्डा बोकेको बल्क क्यारियर ‘मयुरी नारी’ ओमानको उत्तरतर्फ करिब ११ नटिकल माइल अर्थात् झण्डै १८ किलोमिटर दूरीमा यात्रा गरिरहेका बेला आक्रमणमा परेको हो ।

थाइल्याण्डका सञ्चार माध्यमका अनुसार जहाजमा रहेका २० जना चालक दलका सदस्यलाई सुरक्षित रूपमा उद्धार गरिएको छ । यद्यपि तीन जना अझै जहाजमै रहेको बताइएको छ ।

रोयल थाइ नौसेनाले अन्तर्राष्ट्रिय निकायहरूसँग समन्वय गरेर जहाज र चालक दलको सुरक्षाका लागि आवश्यक सहयोग गरिरहेको जनाएको छ।

Sharing

प्रतिक्रिया दिनुहोस