• २०८३ जेष्ठ १ गते शुक्रवार

 प्रदेशसभा सदस्यबाट डा  जोशीको राजीनामा

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट
माघ ५, काठमाडौँ । सुदूरपश्चिम प्रदेशसभा सदस्य डा तारा जोशीले प्रदेशसभा सदस्यबाट राजीनामा दिनुभएको छ ।
डडेल्धुरा प्रदेशसभा (ख) बाट स्वतन्त्र उम्मेदवार बनेर प्रदेशसभामा विजयी हुनुभएका डा जोशीलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले डडेल्धुराबाट प्रतिनिधिसभाको उम्मेदवार बनाएपछि उहाँले राजीनामा दिनुभएको हो । प्रदेशसभा सदस्य रहँदै प्रतिनिधिसभाको उम्मेदवार बन्ने भएपछि उहाँले आइतबार इमेलमार्फत राजीनामा दिनुभएको सुदूरपश्चिम प्रदेशका सभामुख भीमबहादुर भण्डारीले जानकारी दिनुभयो । पछिल्लो समय उज्यालो नेपाल पार्टीमा जोडिनुभएका डा जोशी रास्वपासँगको एकता टुटेपछि पनि एकताको पक्षमा उभिँदै रास्वपामै रहनुभएको थियो

Sharing

प्रतिक्रिया दिनुहोस