• २०८३ जेष्ठ २ गते शनिवार

महान्यायाधिवक्ताको निर्णयविरुद्धको रिटमा थप सक्कल प्रमाण झिकाउन आदेश

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

माघ ११, काठमाडौं । सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने सहितको मुद्दा फिर्ता लिने महान्यायाधिवक्ता सविता भण्डारीको निर्णय विरुद्धको रिटमा थप सक्कल प्रमाण कागजात झिकाउन आदेश गरेको छ । आइतबार न्यायाधीशद्वय मनोजकुमार शर्मा र श्रीकान्त पौडेलको इजलासले थप सक्कल प्रमाण कागजात झिकाउन आदेश गरेको हो ।

महान्यायाधिवक्ता भण्डारीले सहकारी ठगि प्रकरणमा मुछिएका लामिछानेसहितलाई सम्पत्ति शुद्धीकरण र सङ्गठित अपराध सम्बन्धी अभियोगपत्र संशोधन गर्ने निर्णय गरेपछि त्यसको विरुद्ध रिष्ठ अधिवक्ता दिनेश त्रिपाठी, कानुनका विद्यार्थी आयुष बडाल र युवराज पौडेलले रिट दायर गरेका थिए ।

Sharing

प्रतिक्रिया दिनुहोस