पौष २७, काठमाडौं । नेपाली काँग्रेसको विशेष महाधिवेशनमा अहिलेसम्म ४९.३ प्रतिशत महाधिवेशन प्रतिनिधिले आफ्नो नाम दर्ता गरेका छन् । विशेष महाधिवेशन आयोजकहरुले अहिलेसम्म २३३० भन्दा बढी महाधिवेशन प्रतिनिधिले आफ्नो नाम दर्ता गरेको जानकारी दिएका छन् ।

नेपाली काँग्रेसका कुल ४७ सय ३४ महाधिवेशन प्रतिनिधि रहेका छन् । केहीबेर अघिदेखि शुरु भएको विशेष महाधिवेशनमा अहिले नेताहरुले धारणा राख्ने क्रम जारी रहेको छ ।