वैशाख २७, काठमाडौं । निवर्तमान प्रधानमन्त्री सुशीला कार्कीको प्रतिक्रिया सामाजिक सञ्जालमा भाइरल भएको छ । शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रमबाट निस्कने क्रममा कार्कीले पत्रकारलाई ‘बालेनकी श्रीमतीलाई आमा भन’ भनेको भिडियो क्लीप अहिले भाइरल भएको हो ।

शनिबार एक कार्यक्रमबाट निस्किने क्रममा सुशिला कार्कीलाई एचटीपी खबरका पत्रकारले ‘दर्शन आमा’ भनेर अभिवादन गर्दा उनले आक्रोशित हुदै प्रतिक्रिया दिएकी थिइन् । उनले भनिन्- ‘ को ले हो आमा भनेको ? तिमीहरूको आमा नै फेरिइसक्यो । बालेनको श्रीमतीलाई आमा भन ।’
यसले कार्कीको प्रधानमन्त्री बालेन शाहसँगको सम्बन्ध ब्रिग्रिएको चर्चा चलिरहेको छ । बालेनले सरकार बनाएपछि गरेका निर्णयका कारण कार्की असन्तुष्ट रहेको देखिएको छ । प्रधानन्यायाधीश सिफारिसमा उनले सार्बजनिक रुपमै मिडियामा असन्तुष्टि व्यक्त गरेकी छन् । त्यस्तै उनले जदाजादै नियुक्ति दिएका आफ्ना तत्कालिन स्वकीय सचिव आदर्शकुमार श्रेष्ठलाई समेत बालेनले ल्याएको अध्यादेशका कारण पद गुमाउनुपरेको थियो ।
बालेनले सुशिला कार्कीलाई आमा भनेर सम्बोधन गर्ने गरेका थिए । यहाँसम्मकी उनले अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा आफ्नी आमा र श्रीमतीसहित कार्कीको समेत तस्वीर राखेर शुभकामना दिएका थिए ।