• २०८३ जेष्ठ २१ गते बिहिवार

गायक खनालको नयाँ गीत बजारमा

खबर२४ नेपाल पढ्न लाग्ने समय : २ मिनेट

असार ३१, काठमाडौं । गायक तथा सर्जक मोतिराज खनालको शब्द , संगितमा तयार भएको यस गीतमा गायक खनाल स्वयंका साथै लोकप्रिय गायिका राधिका हमालको स्वर रहेको छ । दिपेश बिष्ट कृष्ण खत्री रश्मि भुजेल कल्पना मल्लको पनि सहायक स्वर समावेश गरिएको छ । यस गीतको एरेन्ज रमेश सेन्चुरीले गर्नुभएको हो ।

द म्युजिक ईरा रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको यस गीतको रेकर्डिङ र मिक्सिङ कृष्ण बाजुरालीले गर्नुभएको थियो । चर्चित निर्देशक सुरज खनालको डाइरेक्सन साथै शिवजी क्षेत्रीको कोरियोग्राफी रहेको छ ।

मोडल कृष्ण खत्री र चर्चित मोडल रिना थापाको दमदार अभिनय रहेको छ । सहायक कलाकारमा गीता खनाल , अस्मिता खनाल , कृष्टिना शाहको समेत अभिनय रहेको थियो । बिशिस्ट अतिथि राष्ट्रिय नाचघर जमलका पुर्व जिएम लक्ष्मण रायमाझी, समाज सेवी ऋषि भुसाल , समाजसेवी धनेन्द्र बस्नेत लगायत अतिथी हुनुहुन्थ्यो कार्यक्रम सबिन खड्काले सन्चालन गर्नुभएको थियो । गीत ललितपुरको युएन पार्कमा शुटिङ सम्पन्न गरिएको आयोजकको भनाइ छ ।

गायक तथा सर्जक मोतिराज खनालले दुई दशक देखि निरन्तर गीत संगितमा योगदान दिदै आउनुभएको छ । उहाँले भर्खर दुइमहिना अगाडी सुपादेवी देउरालीकी माइ बोलको भजन सार्वजनिक गर्नुभएको थियो उक्त भजनले श्रोताहरुको मन जित्न सफल भएको थियो । खनालका दर्जनौं गीत सांगितिक बजारमा कालजयी भएर बसेका छन ।

Sharing

प्रतिक्रिया दिनुहोस