जेठ २६, काठमाडौं । नेप्सेमा आजपनि गिरावट आएको छ । आज मंगलबार नेप्से १.५४ अंकले घटेर २७३३. ५९ विन्दुमा पुगेर रोकिएको छ । आज ३५७ कम्पनिका एक करोड २३ लाख ८२ हजार १७ कित्ता शेयर ६ अर्ब ४४ करोड ३१ लाख ९० हजार २९१ मा कारोबार भएको थियो ।

आज होटल्स, हाइड्रो, उत्पादन र अन्य बाहेक सबै क्षेत्रको शेयर मुल्य घटेको छ । आज, सबैभन्दा बढी सोपा फार्माको शेयरमा सकारात्मक सर्किट लागेको छ भने कालिन्चोक हाइड्रोको शेयर १४.९९ प्रतिशतले बढेको छ । त्यस्तै आज सबै भन्दा बढी क्रेस्ट माइक्रो लाइफको शेयर ९.१६ प्रतिशतले घटेको छ ।
त्यस्तै आज सबै भन्दा बढी कृषि विकास बैंकको बन्डको ५७ करोड बराबरको कारोबार भएको छ भने सेन्ट्रल फाइनान्सको ३५ करोड ९० लाख बराबरको कारोबार भएको छ ।