• २०८३ बैशाख ७ गते सोमवार

श्रोत नखुलेको रकम सहित पक्राउ

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

फागुन २४, सप्तरी । राजबिराज नगरपालिका-४ स्थित सडकबाट श्रोत नखुलेको नगद २ लाख ९६ हजार रुपैयाँ सहित हनुमाननगर कंकालिनी नगरपालिका-१४ बस्ने ३२ बर्षीय मनोज कुमार नायकलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । स.३ प ९५२५ नम्बरको मोटरसाइकललाई जिल्ला प्रहरी कार्यालय सप्तरीबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा मोटरसाइकल चालक नायकलाई उक्त रकम र मोटरसाइकल सहित पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस