फागुन २०, काठमाडाैं । लामो समयदेखि मानव संसाधनव्यवस्थापन ’रोजगारी, विकास र प्रर्वद्धन’ मानिरन्तरकामगर्दै आएको कुमारी जब प्रा.ली र कान्तिपुर कलेज अफम्यानेजमेन्ट एन्ड इन्फरमेशन टेक्नोलोजी’केसिएमआइटी’ बीच सम्झौता भएको छ । विद्यार्थीहरूलाई पढाइसँगै विभिन्न सिपमुलक जीवन उपयोगी तालिम तथा रोजगारीका लागि कुमारी जब र केसिएमआइटीबीच सम्झौता भएको हो ।

कुमारी जब प्रा.लीकाप्रवन्धनिर्दैशकश्री सन्देश भण्डारी र केसिएमआइटी कलेजकाप्रिनसिपलश्री ललिताचन्दले उक्त सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् । सम्झौतापत्रमा हस्ताक्षर गर्दै कुमारी जब प्रा.लीका प्रवन्ध निर्दैशक सन्देश भण्डारीले विद्यार्थीहरूको क्षमता अभिवृद्धि सम्बन्धी विभिन्न तालिम प्रदानगर्नुका साथै व्यावसायिक यात्रामा सहयोग गर्ने बताए । यस्तै उक्त सम्झौतालाई कलेजले महत्वका साथ लिएकाले यसलाई सफल गराउनकलेज प्रतिवद्ध रहेको केसिएमआइटी कलेजकाप्रिनसिपलललिताचन्दले बताइन् ।
यस सहकार्यबाट Bachelor of Business Administration -BBA, Bachelor of Information Management –BIM,अध्ययनरत विद्यार्थीहरुले उपयुक्ततालिमसहितआफ्नो सिकाइक्षमतालाई अझ बृहत् बनाउन सक्ने छन् भने रोजगारको अवसर समेत पाउने छन् ।
त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त कान्तिपुर कलेज अफ म्यानेजमेन्ट एन्ड इन्फरमेशन टेक्नोलोजी ’केसिएमआइटी’ नेपाली विद्यार्थीले नेपालमै बसेर पनि विश्वस्तरीय गुणस्तरीय अध्ययनगर्न पाउनभन्ने उद्देश्यका साथ स्थापित नेपालको गुणस्तरी कलेज हो । यस कलेजले करिव दुई दशकदेखि विद्यार्थीहरुलाई कमलागतमा गुणस्तरीय शिक्षाप्रदानगर्दै आएको छ । Bachelor of Business Administration -BBA, Bachelor of Information Management –BIM, Bachelor of Computer Applications –BCA,तीनवटा स्नातकतहको अध्ययनअध्यापन गराइन्छ ।