भदौ २३, कैलाली । Gen-Z दिवसको अवसरमा कैलालीको स्याउले बजारमा सरसफाइ तथा राष्ट्रिय झण्डा स्थापना कार्यक्रम सम्पन्न गरिएको छ। ‘देशप्रेम हाम्रो पहिचान, स्वच्छता हाम्रो जिम्मेवारी’ भन्ने नारासहित शिवशक्ति युवा क्लबको आयोजनामा कार्यक्रम गरिएको हो। कार्यक्रममा स्थानीय युवाहरू तथा स्थानीयवासीको उल्लेख्य सहभागिता रहेको थियो।

कार्यक्रमका क्रममा बजार क्षेत्रको सरसफाइ गर्नुका साथै सार्वजनिक चोकमा नयाँ राष्ट्रिय झण्डा स्थापना गरिएको क्लबले जनाएको छ। युवाहरूमा देशप्रेम, सामाजिक उत्तरदायित्व र सार्वजनिक स्थलको स्वच्छताप्रति जागरुकता अभिवृद्धि गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको क्लबको भनाइ छ। कार्यक्रमले राष्ट्रप्रेमसँगै स्वच्छ र सुन्दर समाज निर्माणमा युवाको भूमिका महत्वपूर्ण हुने सन्देश दिएको छ।