• २०८३ बैशाख १४ गते सोमवार

बेलायतमा कोरोना भाइरसविरुद्धको नयाँ औषधि परीक्षण सुरु

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

पौष १२, एजेन्सी। बेलायतमा कोरोना भाइरसविरुद्धको नयाँ औषधि परीक्षण सुरु भएको छ । औषधि बेलायतको यूनिभर्सिटी कलेज (यूसीएलएच) मा परीक्षण भैरहेको हो ।

बेलायतका वैज्ञानिकहरूले कोभिड–१९ बाट आपतकालीन रक्षा गर्न सक्ने औषधि विकास गरिएको र परीक्षण सुरु भएको बताएका हुन् । बेलायती औषधि कम्पनी एस्ट्राजेनेकाले विकास गरेको एन्टिबडी उपचार औषधि खासगरी कोरोनाभाइरस सङ्क्रमितको सम्पर्कमा आइसकेका र खोप दिन ढिलो भइसकेका मानिसमा उपयोगी हुनसक्ने दाबी गरिएको छ ।

सङ्क्रमित बिरामीलार्ई यो औषधि दिँदा कोभिडको गम्भीर बिमारी हुनबाट जोगाउन सकिने वैज्ञानिकले बताएका बेलायती पत्रिका गार्जियनले उल्लेख गरेको छ । अहिले यो औषधि अन्तिम चरणको परीक्षणमा रहेको छ । यो चरणअन्तर्गत पहिलो १० व्यक्तिलाई बेलायतमा औषधिको मात्रा दिइएको छ । यो परीक्षणमा सहभागी गराइएका प्रमुख समूहहरूमा स्वास्थ्यकर्मी, विद्यार्थी, अस्पतालमा रहेका बिरामी तथा दीर्घकालीन उपचारसेवामा रहेका आश्रितहरू रहेका स्वास्थ्य विज्ञहरूले बताएका छन् ।

 

Sharing

प्रतिक्रिया दिनुहोस