आज वि.सं. २०८३ भदौ २३ गते मङ्गलबार, इ.सं. २०२६ सेप्टेम्बर ०८, वर्षा ऋतु, दक्षिणायन, नेपाल संवत् ११४६, भाद्र कृष्णपक्षको द्वादशी तिथि, तिष्य नक्षत्र, कर्कट राशिमा चन्द्रमा, सिंह राशिमा सूर्य, परिघ योग र गर करण रहेको छ। आज प्रदोष व्रत, जेनजी शोक दिवस तथा विश्व साक्षरता दिवस पनि परेको छ। आज नेपालमा सूर्योदय बिहान ५:४६ बजे र सूर्यास्त साँझ ६:१५ बजे हुनेछ। आज हनुमानजीको विशेष पूजा र व्रत बस्नाले सङ्कटहरूबाट मुक्ति प्राप्त हुन्छ। बल एवम् पराक्रमका दाता भगवान् श्रीहनुमानलाई आज लड्डु, सिन्दुर, वस्त्र र फलफूल अर्पण गर्न सकिन्छ। हनुमानजीलाई प्रसन्न पार्नाले आयुसमेत वृद्धि हुने शास्त्रमा उल्लेख छ।

मेष राशि: साझेदारी कामबाट फाइदा हुनेछ। नयाँ कार्यको योजना बन्नेछ। कामबाट सुख प्राप्त हुनेछ। पशुपालन तथा सवारीसाधनबाट लाभ मिल्नेछ। आज रातो रुमाल दान गर्दा शुभ हुनेछ। (शुभ रङ्ग: हरियो, शुभ अङ्क: ९)
वृष राशि: आर्थिक पक्ष सुधार हुनेछ। शारीरिक स्फूर्तिमा कमी आउन सक्छ। शत्रुहरू पराजित हुनेछन्। मुद्दामामिलामा जित्ने योग छ। आज कन्याहरूलाई कपडा वा श्रृङ्गारका सामान दान गर्दा शुभ हुनेछ। (शुभ रङ्ग: पहेँलो, शुभ अङ्क: ३)
मिथुन राशि: परिवारमा खुसीयाली बढ्नेछ। आर्थिक पक्ष सामान्य रहनेछ। आत्मबल बढ्नेछ र मन प्रसन्न रहनेछ। आज पिता वा गुरुको सम्मान गर्दा शुभ फल प्राप्त हुनेछ। (शुभ रङ्ग: नीलो, शुभ अङ्क: ६)
कर्कट राशि: आर्थिक प्रगतिमा बाधा आउन सक्छ। दाम्पत्य सुख वृद्धि हुनेछ। नयाँ वस्तु खरिद गर्ने अवसर मिल्नेछ। साँझ चन्द्रमालाई सेतो फूल र जल अर्पण गर्नुहोला। (शुभ रङ्ग: गुलाबी, शुभ अङ्क: ७)
सिंह राशि: छोटो दूरीको यात्राको अवसर मिल्नेछ। धार्मिक कार्यमा मन जानेछ। सृजनात्मक र रचनात्मक काम हुनेछ। ‘ॐ घृणि सूर्याय नमः’ मन्त्र जपेर सूर्यलाई जल अर्पण गर्दा शुभ फल मिल्नेछ। (शुभ रङ्ग: हल्का रातो, शुभ अङ्क: १३)
कन्या राशि: आज सुनको प्रयोग नगर्नुहोला। यात्रा गर्दा सावधान रहनुहोला। साँझको तुलनामा बिहानको समय निकै शुभ रहनेछ। शिवजीलाई बेलपत्र चढाएर दिनको शुभारम्भ गर्नुहोला। (शुभ रङ्ग: खैरो, शुभ अङ्क: १६)
तुला राशि: धुम्रपान तथा मद्यपान सेवन नगर्नुहोला। सवारीसाधनबाट कष्ट हुन सक्छ। मावली पक्षबाट नराम्रो व्यवहारको सामना गर्नुपर्ने हुन सक्छ। आज पलासको बिरुवा स्पर्श गरेर दिनको सुरुवात गर्नुहोला। (शुभ रङ्ग: नीलो, शुभ अङ्क: १)
वृश्चिक राशि: मन प्रसन्न रहनेछ। दिउँसो १२ बजेपछि नयाँ कामको अवसर प्राप्त हुनेछ। हाडजोर्नीमा समस्या आउन सक्छ। हनुमानजीको स्मरण गर्दै रातो टीका लगाएर दिनको शुभारम्भ गर्नुहोला। (शुभ रङ्ग: सिम्रिक, शुभ अङ्क: ३)
धनु राशि: पारिवारिक समस्यामा दिन बित्न सक्छ। आमाबाबुको सेवा गर्ने अवसर मिल्नेछ। अध्ययन/अध्यापनमा सफलता मिल्नेछ। व्यापार वा नोकरी सामान्य रहनेछ। आज केरा वा पहेँलो फल दान गर्दा शुभ हुनेछ। (शुभ रङ्ग: रातो, शुभ अङ्क: १२)
मकर राशि: मान-सम्मान बढ्दै जानेछ। बिहानभन्दा बेलुकाको समय आनन्दमय रहनेछ। प्रेमबाट सुख प्राप्त हुनेछ। आजको दिन श्रम र धैर्यता राख्नुमै भलाइ हुनेछ। (शुभ रङ्ग: हल्का हरियो, शुभ अङ्क: २)
कुम्भ राशि: मन चञ्चल रहनेछ। आफन्तबाट घात हुन सक्छ। सन्तानको चिन्ता रहनेछ। आमाबाबुको आशीर्वाद लिनुहोला र पाञ्चायन देवताको सेवा गर्दा दिन शुभ रहनेछ। (शुभ रङ्ग: बैजनी, शुभ अङ्क: ५)
मीन राशि: स्वास्थ्यमा समस्या देखिन सक्छ। मन प्रसन्न रहनेछ। सामाजिक काममा सहभागी हुने अवसर मिल्नेछ। आज पहेँलो वस्तुको अधिकतम प्रयोग गर्दा शुभ हुनेछ। (शुभ रङ्ग: नीलो, शुभ अङ्क: १४)
(उहाँ फलित ज्योतिषविद् तथा ज्योतिष अनुसन्धानकर्ता, नेपाल ज्योतिष परिषद्का केन्द्रीय उपमहासचिवकाे जिम्मेवारीमा पनि हुनुहुन्छ, सम्पर्कः ९७६७-६७८३८३ बुद्दनगर, काठमाडाैं )