• २०८३ जेष्ठ २५ गते सोमवार

हङकङलाई हराउदै नेपालले जित्यो नेपालले एशियन गेम्स छनौटको उपाधि

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

जेठ २५, काठमाडौं । नेपालले एशियन गेम्सको क्रिकेटतर्फको छनौट प्रतियोगिता जितेको छ । आज भएको फाइनल खेलमा नेपाल डिएल मेथड अनुसार १९ रनले विजयी भएको हो ।

हङकङले दिएको १८९ रनको लक्ष्य पछाएको नेपालले ११.३ ओभरमा २ विकेट गुअमाउदै ११४ रन बनाएपछि बर्षाले खेल रोकिएको थियो ।

त्यसपछि खेल हुनसक्ने अवस्था नभएपछि नेपाल डिएल मेथड अनुसार १९ रनले विजयी भएको हो । नेपालका लागि कुशल भुर्तेलले आज पनि आक्रामक ब्याटिंग गर्दै ४० बलमा ६५ रन बनाएका थिए । त्यस्तै रोहित पौडेलले ३५ र कप्तान दिपेन्द्र सिंह ऐरीले ९ रन बनाएका थिए ।

यसअघि टस हारेर पहिला ब्याटिंग गरेको हङकङले २० ओभरमा ७ विकेट गुमाएर १८८ रन बनाएको थियो । हङकङका लागि अन्शुमन राठले सर्बाधिक ८० रन बनाए भनेशाहिद वासिफले ५५ र शिव माथुरले २६ रन बनाएका थिए । त्यस्तै नेपाली बलर शेर मल्लले ४ विकेट लिए भने करण केसीले एक र सन्दीप लामिछानेले एक विकेट लिएका थिए ।

यस प्रतियोगिताबाट सेमिफाइनलमा पुगेका चारै देश नेपाल, हङकङ, ओमान र मलेसिया एशियन गेम्सका लागि छनौट भएका छन् ।

Sharing

प्रतिक्रिया दिनुहोस