• २०८३ जेष्ठ ६ गते बुधवार

गुल्मीका पहिरो पिडितलाई दक्षिण कोरियाबाट सहयोग

खबर२४ नेपाल पढ्न लाग्ने समय : २ मिनेट

भदाै ३, गुल्मी । गुल्मीका पहिरो पिडितहरुलाई दक्षिण कोरियामा रहेका नेपालीहरुले झण्डै ३ लाख सहयोग गरेका छन् । गत असार १८ गते राती गुल्मीको ईस्मा गाउँपालिकाको वडा नम्बर–१ को मल्दीमा गएको भिषण बाढि पहिरोले घर बगाएर बिस्थापित भएका पीडित परिवारलाई दक्षिण कोरियामा रहेका नेपालीहरुले आर्थिक सहयोग हस्तान्तरण गरेका हुन् ।इस्मा गाउँपालिका वडा नम्वर–१ हपुर्कोट निवासी यम खत्री र गुल्मीकै जुनियाँ घर भएका चन्द्र रानाको अगुवाईमा गुल्मी सम्पर्क समिति दक्षिण कोरिया नामक संस्थाको नामबाट त्यस वडाका बाढि पहिरो पीडितहरुलाई २ लाख ८४ हजार रुपैयाँ दक्षिण कोरियामा रहेका नेपालीहरुबाट राहत संकलन गरि पठाएका थिए । दक्षिण कोरियाबाट जिल्लाका सञ्चारकर्मीहरु अनिता खत्री, प्रेम सुनार लगायतका सञ्चारकर्मीहरुले वडामा पुगेर उक्त नगद रकम वडाध्यक्ष चुराबहादुर खत्रीलाई हस्तान्तरण गरेका थिए ।


हस्तातरण पछि वडा कार्यालयमा आयोजित राहत हस्तान्तरण कार्यक्रममा वडाध्यक्ष खत्रीले ५९ घरधुरी बाढि पहिरो पीडितहरुलाई हस्तान्तरण गरेका थिए । सोही वडाका स्थानीय एबम् समाजसेवी भुपालसिंह बिष्टको हातबाट पिडित परिवारलाई नगद हस्तान्तरण गरिएको थियो । वडाध्यक्ष खत्रीले क वर्गका २ घरधुरीलाई प्रति परिवार ८ हजारका दरले नगद रकम हस्तान्तरण गरेका थिए । त्यस्तै ख बर्गका ३४ घरधुरीलाई साढे ५ हजारका दरले र ग बर्गका २३ घरधुरीलाई साढे ३ हजारका दरले नगद रकम हस्तान्तरण गरेका थिए । गुल्मी सम्पर्क समित दक्षिण कोरियाका अध्यक्ष चन्द्र रानाले यम खत्रीको आग्रहमा त्यस वडाका बाढि पहिरो पीडितहरुको सहयोगार्थ विभिन्न जिल्लाका ५० जना नेपालीहरुबाट सहयोग संकलन गरि राहत पठाईएको बताउनु भयो ।

स्कुल र त्रिपाल मुनी बसेका बाढि पहिरो पीडितहरुले आफुहरुलाई तिज मान्न पुग्ने गरि दक्षिण कोरियाबाट नगद सहयोग पठाएको प्रति सहयोगदाताहरु प्रति आभार प्रकट गरेका थिए ।वडाध्यक्ष चुराबहादुर खत्रीले सहयोगदाता सबै प्रति कृतज्ञता जाहेर गर्नुभयो । प्रवासमा रहेर पनि जन्मभूमि प्रतिको दुखःमा सहयोग गरेकोमा आभार प्रर्कट गर्नुभयो ।

Sharing

प्रतिक्रिया दिनुहोस