• २०८३ बैशाख २५ गते शुक्रवार

निर्माण व्यवसायी संघ कैलालीको अध्यक्षमा जोशी सर्वसम्मत

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

वैशाख २५, धनगढी । निर्माण व्यवसायी संघ, कैलालीको अध्यक्षमा दीर्घराज जोशी र केही पदाधिकारी सर्वसम्मत चयन हुँदा महासचिव र खुल्ला सदस्य पदका लागि निर्वाचन भएको छ ।

महासचिव पदमा दीर्घराज जोशी प्यानलका अमर बहादुर खड्का र स्वतन्त्र उम्मेदवार किरण रावलबिच प्रतिस्पर्धा हुँदैछ । यस्तै खुला सदस्य पदका लागि विनोद विष्ट, शिवराज सापकोटा, टेकराज जोशी, चक्रबहादुर मल्ल, टेकबहादुर खड्का, रुद्रप्रसाद पन्त र भोजराज रेग्मीबीच चुनावी प्रतिस्पर्धा हुँदैछ । अध्यक्षा सर्वसम्मत चयन भएका जोशीले व्यवसायीहरूको हकमा काम गर्ने बताएका छन् ।

Sharing

प्रतिक्रिया दिनुहोस