• २०८३ जेष्ठ १६ गते शनिवार

करिब दुई घण्टा ढिलो गरि तोकियो सर्वोच्चमा पेसी

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

वैशाख २५, काठमाडौं । सर्वोच्च अदालतको आजको मुद्धाको पेशी करिब दुई घण्टा ढिलो गरि तोकिएको छ । संबैधानिक परिषदले प्रधानन्यायाधीशमा डा. मनोजकुमार शर्मालाई विहिबार सिफारिस गरेपछि आज सर्वोच्चको पेसी ढिलो गरि तोकिएको हो ।

पेसी तोकिनु अघि आज सर्वोच्चका न्यायाधीशहरुको फुलकोर्टको बैठक बसेको बुझिएको छ । बैठकमा प्रधानन्यायाधीश सिफारिस बारे न्यायाधीशहरुले आफ्नो धारणा राखेको बताइएको छ । आजको पेसीमा प्रधानन्यायाधीशमा सिफारिस डा. मनोजकुमार शर्मा र कामु प्रधानन्यायाधीश सपना प्रधान मल्लको इजलास तोकिएको छैन ।

Sharing

प्रतिक्रिया दिनुहोस