• २०८३ जेष्ठ १९ गते मङ्गलवार

रास्वपाले पुन: शुरु गर्दै ‘नीति मन्थन’

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

वैशाख २५, काठमाडौं । राष्ट्रिय स्वतन्त पार्टी (रास्वपा) ‘नीति मन्थन’ पुन: सुरुवात गर्ने भएको छ । रास्वपा प्रवक्ता मनिष झाका अनुसार बैशाख २० गते बसेको केन्द्रीय सचिवालय बैठकमा पार्टी सभापति रवि लामिछानेले ‘नीति मन्थन पुन: शुरु गर्न प्रस्ताव गरेका थिए । सोहि प्रस्ताव र निर्देशन अनुसार रास्वपाले विगतमा गर्दै आएको ‘नीति मन्थन’ कार्यक्रम पुन: सुरुवात गर्ने झाले जानकारी दिए ।

जस अनुसार यही वैशाख २७ गते, अपराह्न ३ बजे देखि ६ सम्म, काठमाडौँ प्रदर्शनी मार्ग स्थित नेपाल पर्यटन बोर्डको सभा हलमा बिपद जोखिम न्यूनीकरण तथा बिपद व्यवस्थापन” विषयमा ‘नीति मन्थन’ कार्यक्रम आयोजना गरिने उनले बताए ।

Sharing

प्रतिक्रिया दिनुहोस