• २०८३ जेष्ठ ८ गते शुक्रवार

श्रीमतीको हत्या गरेको अभियोगमा गोरखाबाट पक्राउ

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

पौष २४, गोरखा । आफ्नै श्रीमती २१ वर्षीया अनुष्का परियारको हत्या गरेको अभियोगमा पालुङटार नगरपालिका-३ बोगटीगाउँ बस्ने शंकर सुनारलाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

शंकरले कुटपिट गर्दा अनुष्का गम्भीर घाइते भएको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय ठाँटीपोखरीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गेको हो । कुटपिटबाट घाइते भएकी अनुष्काको आँपपिपल अस्पताल हर्मीमा उपचारको क्रममा मृत्यु भएको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस