वैशाख २४, काठमाडौं । संघीय संसद सचिवालयले सांसदहरुको बिद्युतीय हाजिरी प्रयोजनका लागि बायोमेट्रिक विवरण संकलन गर्न शुरु गरेको छ । संघीय संसद अन्तर्गत बिभिन्न बैठकहरुमा उपस्थितिको हाजिरी विद्युतीय माध्यमबाट अभिलेखन गर्ने प्रयोजनका लागि संसद सचिवालयले आजदेखि बायोमेट्रिक विवरण संकलन गर्न सुरु गरेको हो ।

संसद सचिवालयले संसदका समिति अनुसार सांसदहरुलाई बायोमेट्रिकका लागि बोलाएको छ र यो क्रम बैशाख २८ गतेसम्म चल्ने भएको छ । बयोमेट्रिक पछि अब संसद बैठक र संसदीय समितिमा सांसदहरुको उपस्थिति सबै डिजिटल हुने भएको छ ।