• २०८३ बैशाख २४ गते बिहिवार

रास्वपा सांसदको प्रि-बजेट छलफल: आज पर्यटन र सञ्चारमन्त्री सहभागी हुदै

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

वैशाख २४, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले मन्त्री र सांसदबीच हुने छलफल कार्यक्रम अन्तर्गत आज पनि प्रि-बजेट छलफल आयोजना गर्ने भएको छ । आर्थिक वर्ष २०८३/०८४ को बजेट तर्जुमा अघि सुझाव संकलन तथा छलफलका लागि कार्यक्रम राखिएको प्रवक्ता मनिष झाले जानकारी दिएका हुन् ।

उक्त छलफलमा आज पर्यटन मन्त्री खडकराज पौडेल (गणेश) तथा सुचना सञ्चारमन्त्री बिक्रम तिमिल्सिनाको सहभागिता रहने प्रवक्ता झाले जानकारी दिएका छन् । आज दिउँसो ४ बजे सिंहदरबारस्थित रास्वपा संसदीय दलको कार्यालयमा आयोजना हुने बताइएको छ ।

कार्यक्रममा पार्टीका सांसदहरूबीच बजेटका प्राथमिकता, नीति तथा आवश्यकताबारे छलफल गरिने झाले बताएका छन् । रास्वपाले यसअघि बुधबार अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र भौतिक पूर्वाधार मन्त्री सुनिल लम्सालसँग छलफल गरेको थियो ।

Sharing

प्रतिक्रिया दिनुहोस