• २०८३ बैशाख ५ गते शनिवार

गुल्मीमा जिप दुर्घटना हुदाँ ५ को मृत्यु, ३ घाइते

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

मंसिर १२, गुल्मी । गुल्मीको इस्मा गाउँपालिका वडा नम्बर ४ मा जिप दु’र्घटना हुँदा पाँच जनाको मृ’त्यु भएको छ। इस्माबाट तम्घास आउँदै गरेको लु १ ज ११६६ नम्बरको जिप दु’र्घटना हुदाँ थप तीन जना गम्भीर घा’इते छन्।

जिल्ला प्रहरी कार्यालय गुम्मीका एसपी प्रविणलाल श्रेष्ठका अनुसार नौ जना सवार रहेको जिप शुक्रबार बिहान भिरबाट ख’सेको हो । उनका अनुसार दुर्घटनामा परेर इस्मा वडा नम्बर ४ का ३३ वर्षका धनबहादुर अछामी, ६५ वर्षका डम्बर हितान, ३३ वर्षका शिव दर्लामी, ३० वर्षका वसन्त दर्लामी, मालिका गाउँपालिका वडा नम्बर ५ की करिब ८० वर्षिया सुन्दरी थापाको मृ’त्यु भएको छ।

उनका अनुसार घा’इतेलाई उद्धार गरी उपचारका लागि जिल्ला अस्पताल लगिदैछ । जिपमा रहेकामध्ये एक जना सकुशल छन्।

Sharing

प्रतिक्रिया दिनुहोस