• २०८३ बैशाख ११ गते शुक्रवार

गोली चलाएर पिङ्गलास्थानबाट दुई जना पक्राउ

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

चैत २४ , काठमाडौं । लागुऔषध नियन्त्रण ब्युरो कोटेश्वरको टोलीले गए राति काठमाडौँ महानगरपालिका–९ पिङ्गलास्थानबाट गोली चलाएर दुई जनालाई पक्राउ गरेको छ ।


करिब एक किलो बढी लागुऔषध खैरो हेरोइनसहित दुई जना भारतीय नागरिकलाई पक्राउ गरिएको लागूऔषध नियन्त्रण ब्युरो कोटेश्वरका प्रहरी उपरीक्षक दुर्गाराज रेग्मीले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “विशेष सूचनाका आधारमा लागुऔषध कारोबारी पक्राउ गर्न खोज्दा हामीले गोली चलाउनुप-यो, त्यस क्रममा विहार मधुवनी जिल्ला घर भएका अन्दाजी ३०÷३५ का अनिलकुमार पासवान गोली लगेर घाइते भएका छन् ।” पक्राउ परेकामाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस