• २०८३ बैशाख १० गते बिहिवार

ओली र लिङदेनबीच भेटवार्ता

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

पुष २३, काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनबीच भेटवार्ता भएको छ । बुधबार साँझ भक्तपुरको गुन्डु स्थित ओली निवासमा ओली र लिङदेनबीच भेटवार्ता भएको हो । भेटमा अध्यक्ष लिङदेनले ओलीलाई पृथ्वी जयन्तीको अवसरमा राप्रपाद्वारा आयोजित चियापानको निमन्त्रणा दिएका थिए ।

साथै दुवैबीच समसामयिक राजनीतिक परिस्थितिको गहिरो विश्लेषण र संवाद भएको भएको प्रवक्ता मोहन कुमार श्रेष्ठले जानकारी दिएका छन् । अध्यक्ष लिङदेनले आजै काँग्रेस सभापति शेरबहादुर देउवालाई उनको महाराजगन्जस्थित निवासमा भेट गरेका थिए ।

Sharing

प्रतिक्रिया दिनुहोस