• २०८३ जेष्ठ १० गते आइतवार

थप तीनजना कोरोना संक्रमितको मृत्यु

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

चैत ३०, बुटवल । कोरोना संक्रमणबाट लुम्बिनी प्रादेशिक अस्पतालमा थप तीन जनाको मृत्यु भएको छ । आज बिहान कोरोना विशेष अस्थायी अस्पतालमा भर्ना भएकी अर्घाखाँची, मालारानी गाउँपालिका–५ की ७९ वर्षीय महिलाको बिहान पौने ८ बजेको समयमा मृत्यु भएको हो । उनी ज्वरो र दमको समस्याका कारण सो अस्पतालमा चैत २७ गते भर्ना भएकी थिइन् ।

तसते आज बिहान रुपन्देहीको तिलोत्तमा नगरपालिका–१ की ७१ वर्षीय महिला र कपिलवस्तुको बाणगङ्गा नगरपालिका–३ का ७९ वर्षीय पुरुषको पनि कोरोना संक्रमणबाट मृत्यु भएको सो अस्पतालले जनाएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस