• २०८३ भाद्र २१ गते आइतवार

बाजुरामा अविरल वर्षा : सडक अबरुद्ध, विभिन्न ठाउँमा क्षति

खबर२४ नेपाल पढ्न लाग्ने समय : २ मिनेट

भदौ २१ , बाजुरा । बाजुरामा हिजो राति भएको अविरल बर्षाले ठुलो क्षति पुर्याएको छ । अविरल वर्षासँगै विभिन्न स्थानमा पहिरो खस्दा सदरमुकाम जोड्ने साँफे–मार्तडी सडकखण्ड अवरुद्ध भएको छ । सडकखण्डको विभिन्न ठाउँमा पहिरो गएको हो । सडकखण्डको कारागार,विनोद स्मृति प्रतीक्षालय,सेलागाड, सुवाकाँध लगायत ठाउँमा सडक माथिबाट पहिरो खसेपछि सडक अस्तव्यस्त बनेको हो । बडीमालिका ८ को राप्का,६ को जडाङ्गामासमेत पहिरो खसेर सडक अवरुद्ध भएको हो ।

सडक अबरुद्ध भएपछि सवारीसाधनको आवागमन ठप्प भएको छ । शनिबार राति आएको अविरल वर्षाका कारण पहिरोले मीन बहादुर थापाको भैसी गोठ पहिरोले पुरेको छ । त्यस्तै सोही नगरपालिका–८ गडखेतमा तीन घर पूर्ण रुपमा क्षति भएको वडीमालिका नगरपालिका ९ का वडा अध्यक्ष सूर्य किरण वि.क ले जानकारी दिए ।

यता वीरेखोलामा बाढी आउँदा दुई दर्जन परिवार विस्थापित भएका छन् । रातभरको अविरल बर्षातले झरनामा बाढि आउँदा २२ बढि परिवार विस्थापित भएका छन् । बाढिले मानवीय एवं भौतिक क्षति नभए पनि परिवारहरु विस्थापित भएका छन् ।

भीषण बाढीबाट वीरेखोलाका ४१ परिवार प्रभावित भएको बडीमालिका–६ का कार्यवाहक वडाध्यक्ष परे बडुवालले बताए । बाढिका कारण कृषकका धानवाली बगरमा परिणत भएको छन् । बर्षाले सदरमुकाम मार्तडी बजारमा समेत क्षति पुर्याएको हो । बजारको विभिन्न ठाउँका ढलमा पानी जम्मा भई सडक छेदविच्छेद बनेको हो । बर्षाले जिल्लामा बिद्युत सेवा समेत अबरुद्ध बनेको छ । जिल्लामा शनिबार आएको वर्षाका कारण पुर्याएको क्षतिको एकिन विवरण भने आउन बाँकी रहेको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस