फागुन २२, गुल्मी । गुल्मी- २ मा तीन दलबीच कडा प्रतिष्पर्धा देखिएको छ ।

प्राप्त पछिल्लो मतगणना अपडेट अनुसार यस क्षेत्रमा रास्वपाका गोविन्द पन्थीले १३७३ मत प्राप्त गरेर अग्रता कायम गरेका छन् । त्यस्तै नेपाली काँग्रेसका भुवन प्रसाद श्रेष्ठले १३१३ मत प्राप्त गरेका छन् भने एमालेका गोकर्ण विष्ट १२३८ मत प्राप्त गर्दै तेस्रो स्थानमा रहेका छन् । त्यसति नेकपाका श्रीराम महतले ४६२ मत प्राप्त गरेका छन् ।