• २०८३ बैशाख ४ गते शुक्रवार

कलाकार सागरलाई पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

चैत २२, काठमाडौं । कलाकार सागर लम्साललाई जिल्ला प्रशासन कार्यालय काठमाडौंले पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको छ । शनिबार पक्राउ परेका ‘बले’ उपनामले चिनिने सागरलाई अमेरिका रहेकी एक युवतीले सामाजिक सञ्जालमार्फत बलात्कारको आरोप लगाएकी थिइन् ।

चौतर्फी दबाबपछि शनिबार बिहान प्रहरीले बलेलाई पक्राउ गरेको थियो । प्रहरीले पिडित युवतीको जाहेरी नआएका कारण उनीविरूद्ध अभद्र व्यवहार कसुरमा म्याद थप गरेको प्रहरीले जनाएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस