कात्तिक १६, काठमाडौं । सर्वोच्च अदालतमा बन्दीप्रत्यक्षीकरणबाहेक अन्य मुद्दाको सुनुवाइ नहुने भएको छ।
प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले मार्गप्रशस्त’ गर्नुपर्ने माग राखी न्यायाधीशहरूले इजलास बहिष्कार गरेसँगै आज पनि बन्दीप्रत्यक्षीकरणका मुद्दा हेर्नका लागि मात्रै छ वटा इजलास तोकिएका छन्।
जसमा चार वटा इजलास संयुक्त र दुई एकल इजलास तय भएका छन्। आज पनि प्रधानन्यायाधीश जबराले कुनै पनि मुद्दाको पेशी आफ्नो इजलासमा तोकेका छैनन्।