• २०८३ कार्तिक १४ गते शुक्रवार

धनुषामा कटुवा पेस्तोलसहित दुईजना पक्राउ

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

जेठ २०, धनुषा । धनुषाको विदेह नगरपालिका–६, तिनकोरिया चोकनजिक मैनाथपुर सडकबाट एकथान कटुवा पेस्तोलसहित दुईजनालाई प्रहरीले पक्राउ गरेको छ ।

मैनाथपुरबाट यदुकुहातर्फ जाँदै गरेको ज १० प ८६३५ नम्बरको मोटरसाइकललाई प्रहरीचौकी गिद्दा, धनुषाबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा सहिदनगर नगरपालिका–३ बस्ने २५ वर्षीय उतिमलाल पासवान र सहिदनगर–२ बस्ने १९ वर्षीय निपुल यादवलाई पक्राउ गरेको हो । मोटरसाइकलमा सवार उतिमलालको साथबाट उक्त पेस्तोल फेला पारी मोटरसाइकल चालक निपुलसमेतलाई प्रहरीले पक्राउ गरेको जनाइएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस