• २०८३ बैशाख ५ गते शनिवार

कांग्रेसनिकट ‘गुण्डा’ सानुभाइ हिरासतमा

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

चैत २२, काठमाडौं। विभिन्न आपराधिक गतिविधिमा संलग्न सानुभाइ भन्ने युवराज गुरुङ लाई प्रहरीले गए राति दरबारमार्ग क्षेत्रबाट पक्राउ गरेको छ। रात्रिकालीन व्यवसायीहरूलाई धम्की दिई आर्थिक लाभ उठाउने कार्यमा संलग्न रहेको आरोपमा उनलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार गुरुङ अर्जुननरसिंह केसी समूह निकट मानिन्छन्। नुवाकोटको ककनी गाउँपालिका–५ का २६ वर्षीय गुरुङ यसअघि पनि विभिन्न हुलहुज्जत तथा आपराधिक घटनामा संलग्न रहँदै आएका ‘पटके गुण्डा’ हुन्। यसअघि पनि उनी असोज २८ गते राति ठमेलबाट पक्राउ परेका थिए। राजेन्द्र गुरुङ माथि आक्रमण गरेको आरोपमा उनी पक्राउ परेका थिए।

हाल उनलाई सार्वजनिक शान्ति खलल गरेको अभियोगमा म्याद थप गरेर हिरासतमा राख्ने तयारी भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी पवनकुमार भट्टराई ले जानकारी दिएका छन्।

Sharing

प्रतिक्रिया दिनुहोस