• २०८३ भाद्र १९ गते शुक्रवार

भोटेकोशी बाढी : त्रिवि शिक्षण अस्पतालबाट ४८ घाइते ‘डिस्चार्ज’, २५ जनाको उपचार हुँदै

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

भदौ १९, काठमाडौं । रसुवाको भोटेकोशी नदीमा यही भदौ १० गते आएको बाढीमा परेर घाइते भएकामध्ये ४८ विरामी उपचारपछि ‘डिस्चार्ज’ हुनुभएको छ । अस्पतालका प्रवक्ता डा गोपाल सेढाईँले अस्पतालमा ल्याइएका ७४ घाइतेमध्ये ४८ जना उपचारपछि ‘डिस्चार्ज’ हुनुभएको जानकारी दिनुभयो । यस्तै, उक्त अस्पतालमा हाल २५ जनाको उपचार भइरहेको छ ।

उपचार भएकामध्ये दुई जनाको आईसियु र दुईजनाको हाई केयरमा राखेर उपचार भइरहेको प्रवक्ता डा सेढाईँले बताउनुभयो । यस्तै, अस्पतालमा ल्याएका एक घाइतेको उपचारका क्रममा मृत्यु भएको छ । मृत्यु हुनेमा २५ वर्षीय कुशल मगर रहेका छन् ।

Sharing

प्रतिक्रिया दिनुहोस