मंसिर १६, काठमाडौं । रुपन्देही जिल्लाका २ जना व्यक्तिहरुलाई वैदेशिक रोजगारीमा पठाउछु भनी ठगि गर्ने लाई प्रहरीले पक्राउ गरेको छ । वैदेशिक रोजगारको लागि पोर्चुगल पठाईदिन्छु भनि विश्वास दिलाई राहदानी समेत लिई ठगि गर्ने शिव नारायण चौधरीलाई पक्राउ गरेको हो ।
उनले जम्मा रु. १६,२५,२५०।- आफ्नो बैंक खाता समेतमा जम्मा गर्न लगाई लिई अफर लेटर, भिषा लगायतका कागजातहरु नक्कली बनाई दिई ठगी गरेका हुन । पीडितहरुको उजुरीको आधारमा महाशाखाबाट खटिएको टोलीले चौधरीलाई मंसिर १४ गते दिउँसो काठमाण्डौको सुन्धाराबाट पक्राउ गरेको हो । उनलाई गरी ठगी सम्बन्धि कसूरमा आवश्यक कारवाहीको लागि परिसर काठमाण्डौ पठाईएको छ ।