भदौ १९, कपिलवस्तु । कपिलवस्तुको शिवराज नगरपालिका–२, बालापुर मिलनचोकस्थित भित्री सडकमा अटोको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु भएको छ । शुक्रबार बिहान हल्लानगरबाट २ नम्बर टोलतर्फ जाँदै गरेको लु.प्र.०१–००१ ह १३७८ नम्बरको अटोले बाटो काट्दै गरेका स्थानीय तिर्सना सेन ठकुरीका तीन वर्षीय छोरा शिवम सेन ठकुरीलाई ठक्कर दिएको थियो ।

दुर्घटनामा टाउको र अनुहारमा चोट लागेका बालकको चन्द्रौटास्थित सञ्जीवनी सामुदायिक अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि बुटवलस्थित लुम्बिनी सिटी अस्पताल लगिएको थियो। उपचारका क्रममा चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए ।
प्रहरीले अटो र चालक ३४ वर्षीया रुपा विकलाई नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ ।