• २०८३ कार्तिक १८ गते मङ्गलवार

आजको मौसमः तराई र उपत्यकामा कुहिरो लाग्ने क्रम बढ्दो

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

कात्तिक १७, काठमाडौं । हाल नेपालमा पश्चिमी वायुको साथै भारतको उत्तर प्रदेशमा रहेको न्यूनचापीय क्षेत्रको आंशिक प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर आंशिक बदली रहेको छ। देशका पहाडी, तराई, उपत्यका तथा खोँचका केही स्थानमा हुस्सु तथा कुहिरो लागेको छ।

दिउँसो देशको हिमाली र पहाडी भूभागमा आंशिक बादल लाग्ने तथा तराईको भूभागमा मौसम मुख्यतया सफा रहनेछ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भूभागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना छ।

राति भने देशको हिमाली भूभागमा आंशिक बादली लाग्नेछ भने पहाडी र तराई भूभागमा मौसम मुख्यतया सफा रहनेछ। तराई भूभाग, उपत्यका तथा खोँचहरूमा बिहानपख थोरै स्थानमा हुस्सु तथा कुहिरो लाग्नेछ।

आगामी चार दिनका लागि कुनै चेतावनी नरहेको महाशाखाले जनाएको छ। यद्यपि, सर्वसाधारण तथा सम्बन्धित सबै सरोकारवाला निकायहरूलाई पछिल्लो मौसमी सूचना तथा पूर्वानुमानबारे नियमित रूपमा जानकारी लिन महाशाखाले अनुरोध गरेको छ।

May be an image of map and text

Sharing

प्रतिक्रिया दिनुहोस