भदौ १८, धनगढी। धनगढी उपमहानगरपालिका–१८ का अध्यक्ष तथा इन्द्रोदय माध्यमिक विद्यालयका अध्यक्ष भुवन रिजालले आजै अंग्रेजी शिक्षक पदका लागि विज्ञापन खोल्ने सहमति जनाएपछि विद्यार्थीहरूले गर्दै आएको आन्दोलन फिर्ता लिएका छन्।

अंग्रेजी विषयको शिक्षक नियुक्तिको माग गर्दै विद्यार्थीहरू आन्दोलनमा उत्रिएका थिए। विद्यार्थीहरूको माग सम्बोधन गर्दै विद्यालय अध्यक्ष रिजालले आजै अंग्रेजी शिक्षकको विज्ञापन आह्वान गर्ने सहमति गरेपछि आन्दोलन फिर्ता भएको हो।
सहमति कार्यान्वयन भएसँगै विद्यालयको पठनपाठन नियमित हुने अपेक्षा गरिएको छ। विद्यार्थीहरूले आफ्नो माग पूरा गर्ने प्रतिबद्धतापछि आन्दोलन स्थगित गरेका हुन्।