असार १९, काठमाडौं । कर्तव्य ज्यान मुद्दामा २० वर्ष कैद सजाय तोकिएका फरार प्रतिवादी कैलालीबाट पक्राउ परेका छन् ।कै लाली जिल्ला अदालतको २०५६ चैत १३ गतेको फैसलाअनुसार कर्तव्य ज्यान मुद्दामा २० वर्ष कैद सजाय तोकिएका कैलालीको टीकापुर न.पा. १ बनगाउँ बस्ने अन्दाजी ४५ वर्षीय धनबहादुर घर्ती मगरलाई पक्राउ गरिएको हो ।

उनी २०६१ माघ २७ गते कैलाली कारागारबाट फरार भएका थिए । निजलाई आफ्नै घर ठेगानाबाट पक्राउ गरिएको हो । पक्राउ परेका घर्ती मगरलाई आवश्यक कानुनी प्रक्रिया पूरा गरी कैलाली जिल्ला अदालतमा बुझाउने प्रक्रिया भइरहेको प्रहरीले जनाएको छ ।