जेठ २०, काठमाडौँ । भारतको गोवामा जारी साफ महिला च्याम्पियनसिपको सेमिफाइनलका खेल आज हुदैछन् । आज पहिलो सेमिफाइनलमा नेपालले बंगलादेशको सामना गर्दैछ । यो खेल नेपाली समय अनुसार अपराहन्न सवा ४ बजेदेखि हुदैछ ।

समुह ए बाट नेपालले दुवै खेल जितेर समुह बिजेताको रुपमा सेमिफाइनलमा पुगेको छ भने बंगलादेश समुह बी मा २ खेलमा एक जित र एक हारसहित उपविजेता बनेर सेमिफाइनलमा पुगेको हो ।
त्यस्तै आजै दोस्रो सेमिफाइनलमा भारत र भुटान पनि खेल्दैछन् । यो खेल राति सवा ८ बजेदेखि शुरु हुने छ ।
समुह ए बाट भुटान २ खेलमा एक जित र एक हारसहित उपविजेता हुदै सेमिफाइनलमा पुगेको हो भने समुह बी बाट भारतले दुवै खेल जितेर समुह विजेता हुदै सेमिफाइनलमा पुगेको हो ।
त्यस्तै प्रतियोगिताको फाइनल खेल आगामी शुक्रबार हुने तालिका रहेको छ ।