• २०८३ भाद्र २ गते मङ्गलवार

पेस्तोल बोकेर हिँड्दै गरेका तीन जना ललितपुरबाट पक्राउ

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

ललितपुर, माघ २० । सशस्त्र प्रहरी बलले ललितपुरबाट पेस्तोलसहित तीन जनालाई नियन्त्रणमा लिएको छ।

सशस्त्र प्रहरी बलको इन्टेलिजेन्स ब्युरोले दोलखाको भीमेश्वर नगरपालिका–९ घर भई हाल ललितपुर बस्दै आएका २२ वर्षीय सुमन तामाङ, रौतहटको चन्द्रनिगाहपुर नगरपालिका घर भई ललितपुर बस्दै आएका २२ वर्षीय सुशील स्याङ्तान तथा सुनसरीको धरान उपमहानगरपालिका–का १८ वर्षीय विप्लव राईलाई पक्राउ गरेको हो।

नियन्त्रणमा लिइएका व्यक्तिहरूलाई पेस्तोलसहित थप अनुसन्धान तथा आवश्यक कारबाहीका लागि सम्बन्धित निकायमा बुझाइएको सशस्त्र प्रहरी बलका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिए।

Sharing

प्रतिक्रिया दिनुहोस